बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा

काठमाण्डाै – सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गएको असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीत भएको थियो । सरकारले यही पुस ११ गते मन्त्रिपरिषद्बाट ऐन स्वीकृत गरेर पुस २१ गते राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयनमा लगेको हो । गृह मन्त्रालयले त्यसल...