पाँच वर्ष नपुग्दै भारतबाट आइफोन निर्यातको आँकडा ५० अर्ब डलर नाघ्यो

भारतमा एप्पलको आइफोन उत्पादन र निर्यातले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । एप्पलले भारतबाट हालसम्म ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका आइफोन निर्यात गरिसकेको छ । यसले एप्पलको विश्वव्यापी आपूर्ति शृंखलामा भारत कति तीव्र गतिमा केन्द्रमा उभिएको छ भन्ने स्पष्ट देखाउँछ । यो परिवर्तन एकाएक भएको होइन । स्थानीय कर प्रोत्साहन र अमेरिकी भन्सार शुल्कको जोखिम घटाउने एप्पलको रणनीतिले भारतमा उत्पादन तीव्र रूपमा बढ्यो । अप्रिल २०२५ सम्म आइपुग्दा विश्वभर बिक्री हुने प्रत्येक पाँचमध्ये एक आइफोन भारतमै उत्पादन हुन थालेको थियो । त्यसको केही समयपछ...