काठमाण्डाै – तत्कालीन नेकपा माओवादी केन्द्र तथा अहिलेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टीबाट राजीनामा दिनुभएको छ । अन्सारीले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । राजीनामापत्रमा उहाँले साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको भन्दै यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने उल्लेख गर्नुभएको छ । अन्सारी २०७९ सालको प्रदेशसभा चुनावमा पर्सा १ (क) मा माओवादी केन्द्रबाट विजयी हुनुभएको हो । यसअघि कात्तिक २२ गते तत्कालीन मुख्यम...