देउवा निवासमा शीर्षस्थको छलफल– परिस्थिति झनझन् बिग्रिएको निष्कर्ष

महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवासँग पार्टीका शीर्ष नेताहरूले छलफल गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बाहेकका पदाधिकारी र डा. शेखर कोइरालाबीच बिहीबार छलफल भएको हो । छलफलले परिस्थिति झनझन् बिग्रिँदै गएको निष्कर्ष निकालेको एक सहभागी नेताले जानकारी दिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिका लागि के गर्न सकिन्छ ? भनेर सुझाव मागेका थिए । ‘परिस्थिति झनझन् बिग्रिँदै गएको छ, तर उहाँहरू (महामन्त्रीद्वय) छलफल गर्ने मुडमा देखिनुहन्न । ...