नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको तालिका घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता नपर्ने प्रस्ताव बैठकमा राखेका छन् । बिहीबार साँझ बसेको कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको औचित्य नरहेको धारणा राखेका हुन् । खड्काले पेस गरेको प्रस्तावमा यस्तो संवेदनशील बेलामा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुने उल्लेख छ । खड्काको प्रस्तावप्रति महामन्त्री गगन थापाले बैठकमा आपत्ति जनाएका छन् । विशेष परिस्थितिका कारण नै विशेष महाधिवेशन बोलाउन...