नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । न्यौपाने नेपालकै प्रतिष्ठित ग्लोबल डेरी उद्योग कपिलवस्तुका सञ्चालक हुन् । उनको उद्योगबाट उत्पादित बुद्धभूमि ब्रान्डका विभिन्न उत्पादन नेपालभर बिक्री वितरण हुँदै आएका छन् । एसोसिएसनको उपाध्यक्षमा कमल प्रसाद भुषाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी चयन भएका छन् । यस्तै, सहसचिवमा लिलाराम भुषाल चयन भएका छन् । सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, क...