नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस २७–२८ मा गर्न लागिएको विशेष महाधिवेशन विधानको बाध्यकारी व्यवस्थासँगै भदौ २३–२४ को घटनालाई हेर्ने दृष्टिकोणसँग जोडिएको बताएका छन् । भदौ २३–२४ पछि उत्पन्न विशेष परिस्थितिकै कारण विशेष महाधिवेशन बोलाउनु परेको उनले बताए । बिहीबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले भदौ २३-२४ को घटनालाई सम्बोधन गर्नकै लागि विशेष महाधिवेशनको जरुरत परेको बताएका हुन् । ‘आज पनि बैठकमा कार्यवाहक सभापतिले विशेष महाधिवेशन पार्टीको हित...