विशेष महाधिवेशनमा उपस्थितिका लागि देउवालाई गगनले पठाए निम्तो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस २७-२८ गते हुने कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन् । विशेष महाधिवेशनमा देउवा सहभागी हुँदा उनको मान बढ्ने गगनको तर्क छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत् देउवालाई निमन्त्रणा गरेका हुन् । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले विशेष महाधिवेशन स्थगित गर भन्नुभन्दा उपस्थित हुनुपर्ने बताएका हुन् । ‘मैले बैठकमा पनि भनेको छु, कार्यवाहक सभापतिले सभाप...