नेपाली कांग्रेसले विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भइसकेको स्पष्ट पारेको छ । विधान विपरीत ढंगबाट आव्हान गरिएको विशेष महाधिवेशन वैधानिक हुन नसक्ने निष्कर्षसहित यस्तो गतिविधि तत्काल रोक्न कांग्रेिले अपिल गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा कार्यवाहक सभापतिले प्रस्तुत गरेको प्रस्तावमाथि छलफलपछि विशेष महाधिवेशनको माग अब निरर्थक भइसकेको ठहर गरि...