नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिका सभापति कृष्ण बाँनिया (सर्बुज) विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनले पार्टीको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भन्दै सहभागिताका लागि आह्वान गरेका हुन् । काठमाडौँ जिल्ला कार्य समितिको तर्फबाट जारी विज्ञप्तिमा लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भदौ २३ र २४ गतेको ‘जेञ्जी आन्दोलन’पछि देशमा उत्पन्न संवैधानिक शून्यता निवारण त...