बालुवाटारमा प्रधानमन्त्री कार्की-ओली शान्तवार्ता

एमालेले चुनावका सबै गतिविधि सक्रियतापूर्वक अघि बढाइरहेपनि सरकार आफैं चाहिँ चुनावका लागि कति कन्फिडेन्ट छ भन्ने मनस्थिति बुझ्न पनि ओली बिहीबार बालुवाटार पुगेको निकटस्थहरूको बुझाई छ । उनले प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य मात्र बुझेनन्, प्रधानमन्त्रीको चुनावी दृढताको नाडी पनि छामे ।