समस्याग्रस्त सहकारी व्यवस्थापनको समितिको अध्यक्षमा सिग्देल

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल नियुक्त भएका छन् । बागमती मन्त्रिपरिषद्को आजको बैठकले समितिका सदस्यद्वयमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गरेको बागमति प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । बैठकले काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको प्रदेश जनस्वास्थ प्रयोगशाला कार्यालयलाई भक्तपुरमा स्थानान्तर गर्ने निर्णय गरेको छ । साथै प्रदेशमा सञ्चालित विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधनसहितलाई स्वीकृत प्रदान गरिएको छ ।