नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–१ जारी गरेका हुन् । अपानीमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ । “पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यलाई निर्वाचनको काममा केन्द्रित रहनेगरी परिचालन गर्ने नीतिअनुरुप अस्...