कैलालीमा १९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । भजनी नगरपालिका-८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।