काठमाण्डाै – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको छ । कांग्रेसमा महाधिवेशनलाई लिएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले आज दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाउनुभएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजना हुने भनिएको पत्रकार सम्मेलन स्थगित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । यसअघि हिजो बेलुका बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन तत्क...