नेपाली टोलीको लगातार दोस्रो हार, अमेरिकापछि स्कटल्यान्डसँग पनि पराजित

आईसीसी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ । शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा खेलिएको आफ्नो दोस्रो अभ्यास खेलमा नेपाली टोली स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । नेपाली टोली पहिलो अभ्यास खेलमा अमेरिकासँग आठ विकेटले पराजित भएको थियो । शुक्रबारको खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने निर्ध...