विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपील

काठमाण्डाै – नेपाली कांग्रेसको संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षसँग तत्काल वार्ता गर्न नेतृत्वलाई अपील गरेका छन् । विशेष महाधिवेशनको माग गरेका प्रतिनिधिको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट अगाडि बढ्न पार्टी सभापति शेरबहादुर देउवासँग उनीहरूको आग्रह छ । ललितपुरको कुपण्डाेलमा आज बिहान भएको छलफलपछि विज्ञप्ति निकालेर ती केन्द्रीय सदस्यहरूले एकताबद्ध भइ परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई अपील गरेका हुन् । पार्टीले १५औँ महाधिवेशन आउँदो वैशाख २८ देखि ३१ गतेका ला...