आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरी (म्यादी प्रहरी)मा आवेदन खुलेको छ । आज बिहानैदेखि निर्वाचन प्रहरीमा आवेदन दिन तन्नेरीहरू लाम लागेका हुन् । देशभरका जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइन्छ । काठमाडौंको भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको छ । नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार बढी म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । दरखास्त फाराम आजदेखि माघ १ गतेसम्म (सा...