नेपाल तरुण दलका ३३ जना केन्द्रीय सदस्य कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनीहरूले यही पुस २७ गते पार्टी कार्यालय सानेपामा वृहत् भेला भनि अनिवार्य उपस्थितिका केन्द्रीय सदस्यका लागि जारी भएको विज्ञप्ति सञ्चार माध्यमबाट सुन्नमा आएको भन्दै आपत्ति जनाएका छन् । बदलिँदो नेपालको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई समयानुकूल परिवर्तन गरी पुनर्गठनमार्फत् नवीन कांग्रेस निर्माण गर्नुपर्ने समयमा बहुमतका बलमा केन्द्रीय कार्यसम्पादन समितिबाट पार्टीलाई यथास्थितिमा राख्ने गरी निर्णय भएको उनीहरूको भनाइ छ । &ls...