काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू गरिएको जानकारी दिनुभयो । आउँदो माघ ९ गतेसम्म समानुपातिकतर्फको मतपत्र छपाईको काम सकिने आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्रमा बन्द सूची बुझाएका ५८ दलको चुनाव चिह्न रहनेछ । यो मतपत्र देशैभर एकै आकारमा हुनेछ । समानुपातिकको मतपत्र २ करोड ८ लाख ५० हजार थान छाप्ने आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्र छाप...