कांग्रेस विशेष महाधिवेशन पक्षरको आजको सबै कार्यक्रम स्थगित

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका सबै कार्यक्रम स्थगित गरेको छ । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा शोक व्यक्त गर्दै विशेष महाधिवेशन पक्षधरले आजका सबै कार्यक्रम स्थगित गरेको हो ।  विशेष महाधिवेशन पक्षले आज पदयात्रालगायत कार्यक्रम निर्धारण गरेको थियो । तर, दाहालको निधनपछि ती सबै कार्यक्रम स्थगित गरिएको हो । भोलि पौष २७ गते हुने विशेष महाधिवेशनको समुद्घाटन समारोहमा श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने विज्ञप्तिमा उल्लेख छ । 'स्वर्गीय दाहालको सम्मानमा दो...