इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सरकार विरोधी प्रदर्शनकारीहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न खोज्नेहरु रहेका आरोप लगाउनुभएको छ । उहाँले यसले थप समस्या निम्त्याउने बताउनुभएको छ । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई एउटा पत्र पनि पठाएको छ । जसमा अमेरिकाले इरानमा प्रदर्शनलाई व्यापक तोडफोडमा परिणत गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । मानव अधिकारवादी समूहका अनुसार दुई हप्तादेखिको सरकार विरोधी प्रदर्शनमा अहिलेसम्म कम्तीमा ४८ जना प्रदर्शनकारी र १४ सुरक्षाकर्मी मारिएका छन् । देशका ३१ वटै...