मोरक्को र सेनेगल सेमिफाइनलमा

आयोजक मोरक्को र सेनेगल आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मोरक्कोले शुक्रबार राति सम्पन्न क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी क्यामरुनमाथि २–० गोलको जित हासिल गर्‍यो । सेनेगल भने मालीलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । मोरक्कोले खेलको दुवै हाफमा एक–एक गोल गर्‍यो । खेल शुरू भएको २६औं मिनेटमा ब्राहिम डियाजले टोलीलाई अग्रता दिलाएका थिए । निर्धारित समयको ७४औं मिनेटमा स्माइल साइबारीले टोलीका लागि...