कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएनन् गगन-विश्व

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छैनन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी नभएको नेताहरुले बताएका छन् । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको भए पनि थापा र शर्मा सहभागी भएनन् । […]