बुद्धले प्रतीत्यसमुत्पाद दर्शनको मौलिक सिद्धान्त प्रतिपादन गरेका थिए, जसमा धर्म वा प्रकृतिको शाश्वत छ वटा नियम वा कारण पर्दछन् । बुद्धले बुद्धत्व प्राप्त गरेपछि मानिसको जीवनमा प्रकृतिको जुन ६ वटा शाश्वत नियमका बारेमा बोध गरेका थिए, यसैमध्येको एउटा नियम प्रतीत्यसमुत्पाद हो । यस नियमका अनुसार जब मानिसले जीवनमा एउटा संस्कारको बीज रोप्दछ, त्यसपछि त्यसले श्रृङ्खलाबद्ध भएर अनेक परिणाम प्रदान गर्दै जाने गर्छ । अर्थात् मानिसको जीवनमा रोपिएको बीज (कारण) ले कार्य, कारण र कार्य गर्दै श्रृङ्खलाबद्धरूपमा परिणाम प्रदान गर्दै जाने गर्दछ । यसको अनुलोमच...