दाहालको निधनमा कांग्रेसका सबै कार्यालय एक दिन बन्द, तीन दिनसम्म झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा भोलि (पुस २७ गते) पार्टीका सबै तहका कार्यालय बन्द गर्ने भएको छ ।  कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पुस २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।  पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिअनुसार दाहालको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्...