काठमाण्डौ – नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बिहान बसेको केन्द्रिय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । दाहाल २०५६ सालको चुनावमा ओखलढुंगा क्षेत्र नम्बर–१ बाट सांसद निर्वाचित हुनुभएको थियो । साथै २०६१ सालमा कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो । दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताउनुभयो ...