भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको चहलपहल [तस्वीरहरू]

काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको चहलपहल शुरू भएको छ । भोलिबाट शुरू हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा स्टेज बनाउनेदेखि अन्य सजावटका काम भैरहेका छन् ।  विशेष महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू फाट्टफुट्ट भेला भएर चियागफ गरिरहेका छन् ।  कांग्रेसको विशेष महाधिवेशन पक्षधरका आजका लागि तय गरिएका औपचारिक कार्यक्रम भने स्थगित गरिएको छ । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा शोक व्यक्त गर्दै विशेष महाधिवे...