अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि स्वामित्व कायम गर्नुपर्ने भनाइ दोहोर्याउनुभएको छ । उहाँले ग्रीनल्याण्डलाई सजिलै वा अप्ठ्यारो जुनसुकै तरिकाले पनि नियन्त्रणमा लिने चेतावनी दिनुभएको छ । रुस र चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले ग्रीनल्याण्डमाथि आफ्नो स्वामित्व कायम गर्नुपर्ने उहाँको दाबी रहेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले डेनमार्कको यो अर्ध–स्वायत्त क्षेत्र किन्ने योजना बनाएको भए पनि आवश्यक परे बल प्रयोग गरेर पकड कायम गर्ने विकल्पलाई समेत नकारेको छैन । तर डेनमार्कले यसको विरोध गर्दै यो क्षेत्र बिक्रीका लागि न...