स्याङ्जा – स्याङ्जाको भीरकोट–७ बाट यस वर्ष १० करोड रुपैयाँभन्दा धेरैको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा १० करोड बढी रकम भित्रिएको हो । सुन्तला फलाएका किसानबाट लिइएको तथ्याङ्कका आधारमा यस वर्ष मात्रै वडा ७ मा १० करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिनुभयो । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका किसानले न्यूनतम एक लाखदेखि अधिकतम ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका वडाध्यक्ष अर्यालको भन...