इथानोल एक प्रकारको अल्कोहल वा रक्सी नै हो । गाउँघरमा रक्सी बनाउन जे जे प्रयोग हुन्छ, त्यसरी नै इथानोल बनाउने हो । इथानोल उखु, सिमल तरुललगायतका कुनै पनि बोटबिरुवा वा फललाई पकाएर वाफ निकालेर उत्पादन गरिन्छ । कृषिजन्य वस्तु उखु, गहुँ, मकै, सिमल तरुललगायतबाट इथानोल निकालिन्छ । तर यस्ता कच्चा पदार्थबाट निस्केको बाफमा पानी मिसिएको हुनु हुँदैन । यसले गाडीको इन्जिन खराब गर्ने सम्भावना रहन्छ । रक्सी नै भए पनि यो गाउँघरमा बनाएकोजस्तो मात्र भएर पुग्दैन, किनकी यो शुद्धतासँग पनि जोडिएको हुन्छ । यसका लागि कम्तीमा पनि ९७ देखि ९९ प्...