मकवानपुर – सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडा, मकवानपुरले भत्काएका घरहरूमा जोखिमपूर्ण रूपमा व्यापार भैरहेकोमा प्रशासनले रोक्न निर्देशन दिएको छ । गएको मङ्सिर २० गते सडक विस्तारका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्मका मुख्य सडकको दायाँबायाँ सडक सीमा क्षेत्रभित्र पर्ने घरहरू सडक डिभिजन कार्यालयले भत्काएको थियो । तर सर्वाेच्च अदालतको आदेशका कारण अहिले सडक विस्तारको कार्य रोकिएको छ । भत्काएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीले जोखिमपूर्ण घ...