राप्रपा विवाद : परिवारवाद र अवसरवाद हावी भएको भन्दै अनसनमा बसेकाहरूलाई कार्यालयमै थुनियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र परिवारवाद र अवसरवाद हावी भएको आरोप लगाउँदै पार्टीको केन्द्रीय कार्यालयमा आमरण अनसनमा बसेका महिला नेतृहरूलाई भित्रै राखेर बाहिरबाट ​ताला लगाइएको छ । पार्टीको समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएपछि असन्तुष्ट बनेका महिला नेतृहरूले सूचीप्रति आपत्ति जनाउँदै पार्टी कार्यालयमै आमरण अनसन शुरू गरेका हुन् । उनीहरूको भनाइ अनुसार समानुपातिक सूची समावेशी, न्यायोचित र त्याग–संघर्षको आधारमा बन्नुपर्नेमा पहुँच, नातावाद र अवसरवादका आधारमा तयार पारि...