बुटवलमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा मेला-महोत्सव हुने गर्छन् । तीन वटा व्यावसायिक संस्थाले आलोपालो गर्दै औद्योगिक प्रदर्शनी तथा मेला-महोत्सव गर्दै आएका छन् । यस्तो प्रदर्शनी काठमाडौं बाहिर पहिलोपटक वि.सं. २०४५ सालमा रुपन्देही उद्योग संघले गरेको हो । साढे तीन दशकअघि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला-महोत्सव आयोजना गर्न शुरू गरिएको थियो । १५ वर्षअघि रुपन्देही उद्योग संघले प्रवेश शुल्कबाट केही रकम छुट्याएर सामाजिक क्षेत्रमा काम गर्ने सोच बनायो । दर्शकको प्रवेश शुल्कबाट प्रतिटिकट ३ रुपैयाँ छुट्याएर संघले यस क्षेत्रमा...