नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ । केही प्रतिनिधिहरू काठमाडौं आइपुगेका र केही यात्रामै रहेका आयोजकले जनाएको छ । विशेष महाधिवेशन आयोजक भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार तीन हजार जना अट्ने गरी विभिन्न होटलमा एक हजार पाँच सय रुम बूक गरिएको छ । ‘साथीहरू आउने क्रम जारी छ । कतिपय बाटोमा हुनुहुन्छ,’ धमलाले लोकान्तरसँग भने। उनले विशेष महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको संख्या बढ्...