'विशेष महाधिवेशनमा जाने निर्णय भएको छैन, जाँदैनौं'

​​नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी(राजन)ले संस्थापन निकट ३० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा भाग नलिने बताएका छन् । लोकान्तरसँग कुरा गर्दै उनले ३० केन्द्रीय सदस्य बसेर विशेष महाधिवेशनमा जाने कुनै निर्णय नगरेको बताए। कोही व्यक्तिगत रूपमा जान चाहेमा रोकावट नहुने उनले बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षर नगरेकाहरूलाई विशेषमा जानुपर्ने बाध्याता नभएको उनले जानकारी दिए । ‘हामीले निर्णय पनि गरेका छैनौं र हस्ताक्षर पनि गरेका छैनौं,’ उनले भने, ‘कोह...