राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले शनिबार दिउँसो ३ बजेका लागि आकस्मिक भर्चुअल बैठक आह्वान गरेका हुन् । एक सचिवालय सदस्यका अनुसार बैठकको विषय भने खुलाइएको छैन । कुलमान घिसिङसँगको एकता प्रकृयामा खटपटपछि बैठक बोलाइएको उनले बताए ।