विश्वका महासागरहरूले सन् २०२५ मा आधुनिक मापन शुरु भएदेखिकै सबैभन्दा बढी ताप शोषण गरेका छन् । एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज नामक जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा महासागरहरूमा झन्डै २३ जेटाजुल अतिरिक्त ताप शोषण भएको छ । यो अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी र सन् २०२३ को विश्व ऊर्जा खपतको ३७ गुणाभन्दा बढी हो । ३१ वटा अनुसन्धान संस्थाका ५० जना भन्दा बढी वैज्ञानिकको सहकार्यबाट निस्किएको निष्कर्ष अनुसार प्रतिवेदन तयार पारिएको हो । सन् १९५० को दशकदेखि राखिएको आधुनिक रेकर्डमा यो सबैभन्दा उच्च स्तरको महासा...