काठमाण्डौ उपत्यकामा ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियान शुरु

काठमाण्डौ – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियान शुरु गरेको छ । कार्यालयले आज विशेष कार्यक्रम आयोजना गरेर सप्ताहव्यापी अभियान शुरु गरेको हो । माघ ३ गतेसम्म चल्ने अभियानमार्फत गाडी दुर्घटनाको कारण, प्रभाव तथा समाधानका उपायबारे व्यापक जनचेतना फैलाउने लक्ष्य लिइएको ट्राफिक प्रहरीले जनाएको छ । शुभारम्भ समारोहमा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दुर्घटना कम गर्न चालक र आम नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो । दुर्घटनापछि हुने जोखिमलाई ख्याल गरेर पूर्व सावध...