नवलपरासीबाट ६० प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाण्डौं प्रस्थान

नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि नवलपरासी (बसुप)बाट ६० प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाण्डौं प्रस्थान गरेका छन् । कांग्रेस संस्थापन (देउवा पक्ष)का केही नेताहरूले विशेष महाधिवेशनमा सहभागी नहुनका लागि दबाब दिए पनि अन्ततः ६० प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाण्डौं हिँडेका हुन् । संस्थापन पक्षका केही नेताहरूले यसअघि विशेष महाधिवेशन आह्वानका लागि हस्ताक्षर गर्ने प्रतिनिधिलाई हस्ताक्षर फिर्ता गराउन दबाब दिएका थिए । दबाबका कारण तीन जनाले फिर्ता लिए पनि अन्यले फिर्ता लिन मानेका थिएनन् । विशेष...