देउवा र शेखर कोइरालाबीच महाराजगञ्जमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच छलफल भएको छ । उनीहरूबीच शनिबार दिउँसो देउवा निवासमा महाराजगञ्जमा छलफल भएको छ । उनीहरूबीचको छलफल अहिले पनि जारी रहेको एक नेताले जानकारी दिए । छलफलमा सहमहामन्त्री जीवन परियार र डा. मीनेन्द्र रिजाल पनि सहभागी रहेका छन् ।  स्रोतका अनुसार कोइरालासहितका नेताहरू दिउँसो साढे १ बजे नै महाराजगञ्ज पुगेका थिए ।