देउवालाई सहयोग गरेकोमा पश्चाताप छ, विशेषलाई समर्थन गर्ने निष्कर्षमा पुगेँ : गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले आफू विशेष महाधिवेशनको पक्षमा उभिएको बताएका छन् । शनिबार दिउँसो विशेष महाधिवेशनबारे लोकान्तरसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले राम्रो नगरेकाले आफू विशेषको पक्षमा रहेको बताएका हुन् । 'म विशेषको समर्थनमा छु । शेरबहादुरजीले राम्रो गर्नुभएन, शेरबहादुरजीले अझै चेत्नुभएको छैन रहेछ,' उनले भने, 'शेरबहादुरजीलाई सहयोग गरेर मलाई ठूलो पश्चाताप लागेको छ । गगन थापा र विश्वप्रकाश शर्मालाई पूरा सहयोग गर्ने निष्कर्ष...