नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि न्यु डायमन्डलाई

काठमाण्डौ – नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । न्यु डायमन्डले पहिलो सेट २५–२२, दोश्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले जित्यो । पुलिसले तेश्रो सेट २५–१५ ले जित्यो । यसअघि आजै तेश्रो स्थानका लागि भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरा...