गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ । पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उनको पहिलो औपचारिक गीति कृति हो । भोजपुरको चरम्बीमा जन्मिएका ढकालले शिक्षण पेसाबाट करिअर शुरू गरी करिब ३५ वर्ष निजामती सेवामार्फत राष्ट्रसेवा गरेका थिए । एल्बममार्फत उनले आफ्ना सिर्जनात्मक सपनाको औपचारिक शुरूआत गरेका हुन् । एल्बमकी प्रस्तुतकर्ता ढकालकी श्रीमती हीरादेवी ढकाल रहेकी छिन् । कार्यक्रममा उनले गीतकार ...