काठमाण्डौ – कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका छन् । उनीहरुले भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र देशको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा खुलेका हुन् । उनीहरूले वैशाखमा १५औं महाधिवेशन गर्नुपर्ने पनि बताएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन बाध्यकारी भन्दै महामन्त्रीद्वय गगन...