नेपाली कांग्रेस, कोशी प्रदेशका ८ जिल्लाका सभापतिले पार्टीको विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीलाई आन्तरिक विवादमा नअल्झाइ आगामी निर्वाचनमा केन्द्रित हुन नेतृत्वलाई आग्रह समेत गरेका छन् । विज्ञप्तिमा मोरङका डिगबहादुर लिम्बू, झापाका देउमान थेबे, खोटाङका विष्णुकुमार राई, पाँचथरका रुपनारायण जबेगू, इलामका डम्बर खड्का, ओखलढुङ्गाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याङ सुब्बा र संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले हस्ताक्षर गरेका छन् । ...