पछिल्लो समय नेपाली श्रमिक जाने गन्तव्य देशहरू फेरिएको छ । विगतमा नेपाली श्रमिकको मुख्य गन्तव्य खाडी देशहरु प्रायः मलेशिया, कतार, साउदी अरब र यूएई मानिन्थे । तर अहिले ती निश्चित गन्तव्यहरू परिवर्तन हुँदै गएका छन् । आज नेपाली श्रमिकहरू विश्वका धेरै देशमा पुग्न थालेका छन् । अहिले कमाइ राम्रो हुने र विकसित देश जाने आकर्षण बढेको देखिन्छ । जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत तथा विभिन्न युरोपेली देशतर्फ जाने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर यी नयाँ गन्तव्य देशहरुमा श्रम बजार कस्तो छ, सेवा–सुविधा के कस्ता छन्...