इरानमा लगातार १४औं दिन पनि प्रदर्शन चलिरहँदा देशभर इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएका छन् । प्रदर्शनमा व्यापक दमन गरिरहेको सरकारले इन्टरनेट सेवा अवरुद्ध गर्नुको साथै फोनसेवा पनि सिमित पारेको बीबीसीले जनाएको छ । इरानका सबै ३१ प्रान्तका झन्डै १ सय ८० शहरमा प्रदर्शन भइरहेको छ । पछिल्लो एक वर्षमा मुल्यवृद्धि ४२.२ प्रतिशतले बढ्नुका साथै देशको मुद्रा अवमूल्यन भएर एक अमेरिकी डलर बराबर इरानी रियलको मुल्य १४ लाख ५० हजार रुपैयाँसम्म झरेपछि १३ दिनअघि व्यापारीहरुले आन्दोलन शुरु गरेका हुन् । शुरुमा आर्थिक मुद्दामा केन्द्रित यो आन्...