कुलमान घिसिङको दाबी- रास्वपाले एकतर्फी रूपमा सहकार्य भंग गर्‍यो

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकतर्फी रूपमा एकता भङ्ग गरेको दाबी गरेका छन् । शनिबार साँझ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले एकतर्फी रूपमा एकता भङ्ग गरेको बताएका हुन् । 'उहाँहरूले एकतर्फी रूपमा एकता भङ्ग गर्नुभयो,' उनले भने, 'हाम्रा मागहरू पनि केही थिएनन्, साथीहरूले पनि चित्त बुझाउनु भएकै थियो । तर एकता कायम राख्न सकिएन ।' पुस १४ गते लिखितमा मात्रै नभएर मौखिक सहमति पनि भएका उनले बताए । ‘एकीकरण प्रक्रियालाई ...