नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सभ्य र भव्य बनाउन मञ्च व्यवस्थापनको काम पनि सकिएको आयोजकले जनाएको छ । भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन सत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्थापन गरिने बताए । खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको पु...